प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : चर्चित नेताको पराजय
काठमाडौँ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभातर्फ कुल सिट सङ्ख्याको करिब २५ प्रतिशतको नतिजा आइसकेको छ। यद्यपि हालसम्मको मतपरिणाममा राष्ट्रिय राजनीतिमा विगतमा ख्याति कमाएका थुप्रै चर्चित उम्मेदवार पराजित भएका छन्।
पछिल्लो तीन निर्वाचनमा जित हात पार्नुभएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले चौथो पटक भने हार बेहोर्नु परेको छ। उहाँ सप्तरी–२ बाट उम्मेदवार हुनुहुन्थ्यो। यसअघि २०७४ सालको निर्वाचनमा पनि सप्तरी–२ बाट निर्वाचित यादव यस पटक जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतसँग पराजित हुनुभयो। राउतले ३५ हजार ४२ मत पाउँदा यादव १६ हजार ९७९ मतमा सीमित हुनुभयो।
२०६३ सालमा जारी भएको अन्तरिम संविधान जलाएर चर्चामा आउनुभएका यादव २०६४/६५ र २०७२ सालमा संविधान जारी हुँदा भएको मधेश आन्दोलनका अगुवा नेता हुनुहुन्थ्यो।
यस्तै गुल्मी–२ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकुमारी झाँक्री पराजित हुनुभएको छ। नेकपा (एकीकृत समाजवादी)की सचिव झाँक्री नेकपा (एमाले)का गोकर्ण विष्टसँग पराजित हुनुभएको छ। एकीकृत समाजवादी गठन हुँदा सक्रिय भूमिका निर्वाह गरेर झाँक्री चर्चित हुनुभएको थियो।
दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौँ–६ बाट निर्वाचित नेपाली कांग्रेसका भीमसेनदास प्रधान यस पटक काठमाडौँ–७ बाट पराजित हुनुभयो। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालबाट पराजित हुँदा आठ हजार ८०५ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनुप¥यो।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णसमेत यस पटक पराजित हुनुभयो। उहाँ पर्सा–१ बाट उम्मेदवार हुनुहुन्थ्यो। कर्णलाई जनता समाजवादी पार्टी, नेपालका युवा नेता प्रदीप यादवले पराजित गर्नुभएको छ।
जनता समाजवादी पार्टी, नेपालका नेता मोहम्मद इस्तियाक राईसमेत पराजित हुनुभएको छ। यसअघि बाँके–२ बाट निर्वाचित राई यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाबाट पराजित हुनुभयो। राणाले २९ हजार ५७७ मत ल्याउँदा पटक–पटक मन्त्री हुनुभएका राई २३ हजार ५२० मतमा सीमित हुनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपेन्द्र यादव, #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, #भीमसेनदास प्रधान, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्