गोरखा-१ मा राजेन्द्र बजगाई निर्वाचित
गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् ।
निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै बजगाईँ विजयी भएका हुन् ।
बजगाईँले ३३४२८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६७८५ मत प्राप्त गरेका छन् ।
गोरखा १ मा कूल एकलाख १५ हजार ३९७ मतदाता मध्य ६० हजार ४३१ मत खसेको थियो ।
यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा गोरखा १ को प्रदेश क्षेत्र १ बाट बजगाईँ र बस्नेत दुवैजना प्रतिस्पर्धी थिए । त्यतिबेला बस्नेतले बजगाईँलाई पराजित गरेका थिए ।
अहिले प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरु दुवै जनाको चुनावी प्रतिस्पर्धा भएको हो । भीमसेन थापा गाउँपालिका १ मसेल रावलडाँडा स्थायी ठेगाना भएका बजगाई यसअघि नेपाली कांग्रेसको बाह्रौँ जिल्ला अधिवेशन, तेह्रौँ जिल्ला अधिवेशन र चौधौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजेन्द्र बजगाईँ, #रामशरण बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्