रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै
रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका साथ पछ्याइरहनुभएको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो ।
प्रदेशसभातर्फ ३ ९१० मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे १२ हजार ७ सय ६७ मतका साथ अग्रता लिनुभएको छ भने जनता समाजवादी पार्टीका महेन्द्र यादवले नौ हजार तीन सय ३१मत प्राप्त गर्नुभए छ । यो क्षेत्रमा अहिलेसम्म दुई हजार तीन सय ७६ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण खाँण, #रुपन्देही क्षेत्र नम्बर ३
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्