रुकुमपश्चिममा जनार्दन शर्माको अग्रता कायमै
रुकुमपश्चिम । रुकुमपश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ । जम्मा १९ हजार छ सय ११ मतगणना गर्दा शर्माले १२ हजार सात सय ३३ मत ल्याउनुभएको छ ।
नेकपा (एमाले) का नन्दराम देवकोटाले चार हजार छ सय ३२ मतसहित शर्मालाई पछ्याइरहनुभएको छ । उहाँहरु बीचको मतान्तर आठ हजार एक सय एक रहेको छ । त्यस्तै राप्रपाका दिपककुमार मल्लले चार सय ४४, मङ्गोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०, स्वतन्त्र उम्मेदवार तारक केसीले नौ सय ५५ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १९ मत पाउनुभएको छ । प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा कूल ६० हजार पाँच सय २७ मत खसेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्