मोरङ-४ (१) बाट एमालेका जयप्रकाश निर्वाचित, कांग्रेसका गुरुराज घिमिरे पराजित
विराटनगर । मोरङ-४ प्रदेशसभा क्षेत्र नं १ मा कांग्रेस नेता गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरी १५ हजार ४६५ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मत पाएका छन् ।
पराजित भएपछि घिमिरेले चौधरीलाई बधाई दिदै प्रदेशसभामा उल्लेख्य काम गर्न आग्रह गरेका छन् । उनले आफूले हारलाई स्वीकार गरेको बताए ।
‘यसलाई पाठको रुपमा लिन्छु, जनताको फैसलालाई स्वीकार गर्नुपर्छ’, चौधरीलाई बधाई दिँदै घिमिरेले भने, ‘खेलाडी भावना अनुसार जित र हारलाई सहज रुपबाट स्वीकार गुर्नपर्छ ।’
उनले आफ्नो अनुभव र ज्ञानका आधारमा चौधरीलाई सहयोग गर्ने पनि बताए ।
निर्वाचित चौधरीले मतदाताको भावना अनुसार प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताए । उनले आफूलाई विजयी गराउने मतदातालाई पनि धन्यवाद दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गुरुराज घिमिरे, #जयप्रकाश चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्