Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ विजयी


हेटौँडा। आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यमा मकवानपुरमा सत्ता गठबन्धनबाट उम्मेदवार बहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।

बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार प्रतिनिधि सभा क्षेत्र नं। २ को (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँ निर्वाचित हुनुभएको हो ।

कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहनुभएका बानियाँसँग नेकपा (एमाले) का लालबहादुर थापालाई एक हजार ७८२ मतान्तरसहित पराजित हुनुभएको छ ।

बानियाँले १८ हजार ७१७ मत प्राप्त गर्दा थापाले १६ हजार ९३५ मत प्राप्त गर्नुभएको छ । ४० हजार ३७८ मतगणना भएकोमा एक हजार ४४९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बानियाँ २०७४ को प्रदेश सभा सदस्यमा सोही क्षेत्रबाट एमालेका राजाराम स्याङ्तानलाई पराजित गर्दै विजयी बन्नुभएको थियो ।

स्याङ्तान हाल एमालेबाट विभाजित नेकपा ९एकीकृत समाजवादी० मा हुनुहुन्छ । यसअघि बानियाँ २०७० को संविधान सभा निर्वाचनमा साविकको क्षेत्र नं। १ बाट निर्वाचित हुनुभएको थियो । पूर्व गृहराज्यमन्त्री बानियाँ यसअघि बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतासमेत रहनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रबहादुर बाँनिया


तपाईको कमेन्ट लेख्नुहोस्