धादिङ-१ मा राजेन्द्र पाण्डेको अग्रता कायमै
धादिङ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहदा प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ ।
समाचार तयार पार्दासम्म धादिङ प्रतिनिधिसभा १ को ४२ हजार ८ सय ३८ मत गणना भएको छ । पाण्डे १६ सय ६५ मतले अगाडी छन् । पाण्डेले १७ हजार २ सय ८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले १५ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ७ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । ४२ हजार ८ सय ३८ मत गणना हुँदा १५ सय ८३ मत बदर भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #भूमिप्रसाद त्रिपाठी, #राजेन्द्र पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्