Techie IT
आईतबार, कात्तिक ३०,२०८३

अछाम–२ मा कांग्रेशका पुष्पबहादुर शाह विजयी


अछाम । अछाम क्षेत्र नम्बर २ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाह विजयी हुनुभएको छ ।

सो निर्वाचन क्षेत्रमा २२ हजार नौ सय ५४ मत ल्याएर शाह विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एक सय १४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले छ ।

शाहले छ हजार आठ सय ४० मत बढी ल्याउनुभएको हो । अछाम–२ मा ७९ हजार छ सय २१ मतदाता सङ्ख्यामध्ये ४१ हजार आठ सय ८१ मत खसेको थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #पुष्पबहादुर शाह


तपाईको कमेन्ट लेख्नुहोस्