Techie IT
आईतबार, कात्तिक ३०,२०८३

उत्कृष्ठ करदाता दिपक पोखरेल सम्मानित


झापा । आर्थिक वर्ष २०७७÷७८ मा झापा जिल्लाबाट स्वास्थ्य क्षेत्रमा सवैभन्दा धेरै आयकर तिर्नेमा ओम साई पाथिभरा हस्पिटल उत्कृष्ठ ठहरिएको छ ।
एघारौं राष्ट्रिय कर दिवसको सन्दर्भमा आयोजित एक विशेष कार्यक्रमका विच अस्पतालका अध्यक्ष दिपक पोखरेललाई सम्मान गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाद्धारा आयोजित कार्यक्रममा पोखरेललाई सम्मान पत्र, माला र खादा लगाएर सम्मान गरिएको थियो । सौर्य एयरलाइन्सका अध्यक्ष समेत रहेका पोखरेलको लगानीमा सञ्चालित अस्पतालले विभिन्न स्वास्थ्य सेवाका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको छ । निजि अस्पतालमा साविकको मेची अञ्चलमा यो हस्पिटल सवैभन्दा आयकर तिर्नेमा पर्छ ।

पुरस्कृत भएपछि प्रतिक्रिया दिदैं अध्यक्ष पोखरेलले कर तिर्नु सामाजिक उत्तरदायित्व भएको भन्दैं राज्यलाई कर तिर्ने कुरामा सवैको दायित्वबोध हुनुपर्ने बताए ।
यस अस्पतालले विगत देखि नै वृद्धवृद्ध, असहाय तथा वच्चाहरुको स्वास्थ्य लाई ध्यान दिदैं निःशूल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । साथैं पोखरेलको नेतृत्वमा सौर्य एयरलाइन्स प्रालि लगायत झण्डै एक दर्जन संस्थाहरु सञ्चालनमा छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #उत्कृष्ठ करदाता दिपक पोखरेल सम्मानित, #दिपक पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्