Techie IT
आईतबार, कात्तिक ३०,२०८३

बर्दिया–२ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी


बर्दिया । बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । चौधरी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तसँग १ सय ३६ मतको अन्तरमा विजयी हुनुभएको हो ।

९२ हजार १ सय ९९ मत खसेकोमा लालवीर चौधरीले २६ हजार ५ सय २० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सुरेश पन्तले २६ हजार ३ सय ८४ मत प्राप्त गर्नुभएको थियो ।

चौधरी डिल्ली बजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाल चौधरीका बुबा हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #लालवीर चौधरी


तपाईको कमेन्ट लेख्नुहोस्