माया घर -अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालन
माया घर -अनाथ बाल आश्रम_को संरक्षणका लागि महाँयज्ञ संचालनमा बालबालिकाहरुको भविष्यका लागि सहयोग गर्नुहुन सबैमा अनुरोध काठमाडौं । कीर्तिपुर भत्केपाटीमा संचालित माया घर -अनाथ बाल आश्रम_ को संरक्षण, सवर्धन र यस आश्रममा आश्रित बालबालिकाहरुको शिक्षा, दिक्षा पालन पोषणको लागि श्रीमद भागवद महाँपुराण तथा धन धान्यनन्चल ज्ञानमहाँयज्ञ शुभारम्भ भएको छ । यो धन धान्यनन्चल ज्ञानमहाँयज्ञ चैत ११ गते देखि १९ गते सम्म संचालनमा रहने छ ।
वास्तवीक धर्म नै मानविय सेवा हो र यी सधै एक अर्काका परिपुरक हुन । धर्मले पनि सेवालाईनै महत्व दिन्छ भने सेवाले मानवियतालाई महत्व दिन्छ । २०६७ सालमा स्थापना भएको सो अनाथ बाल आश्रममा अहिले २५ बालबाललिकाहरुले आश्रय लिइरहेका छन । आश्रमका बस्दै आएका बालबालिकाको समुज्वल भविष्य सुनिश्चित गर्नका लागि यहिँ चैत ११ गते देखि १९ गते सम्म धन धान्यनन्चल ज्ञानमहाँयज्ञ संचालनमा छ ।

अबोध बालबालिकाहरुको मानविय सेवाको सयोगार्थ यो सत्कर्ममा उनिहरूको अभिवावक हामि सबै हौ दिलखोलेर सहयोग र सार्थक धर्म गर्नुहुन सबै मानवजगतमा अनुनय गर्नुहुन्छ माया घर (अनाथ बाल आश्रम) संरक्षक ज्यो. प. डा. रुद्रनाथ अधिकारी ।
आश्रमको आफ्नै भौतिक संरचना, आवास गृह तथा कुनै स्थायी आयस्रोत र कोष नभएको र आर्थीक अभाव र कठिनाई परेको हुदा यो यज्ञको आयोजना गर्नुपरेको माया घर अनाथ बाल आश्रम संचालन कि अध्यक्ष दुर्गा पौडेल आचार्यले बताउनु भयो । यति चैत्र ११ गते देखि १९ गते सम्म सञ्चालन हुने सो महाँयज्ञको मुख्य लक्ष्य भनेको भवन निमार्ण तथा बालगृहको नाममा अक्षयकोषको स्थापना गर्नु रहेको उहाँले जानकारी दिनु भयो ।
यस पवित्र संकल्पको पूर्णताका लागि सम्पुर्ण दानविर महानुभावहरुलाई धन धान्यनन्चल ज्ञानमहाँयज्ञमा सहभागी भई कथा र पाठ श्रमण गरि आफ्नो इच्छा अनुसारको सहयोग गरिदिनुहुन मुल आयोजक समितिले अनुरोध गरेको छ । संस्थाले एचआइभिलागेका आमा बाबुबाट जन्मिएका बालबालिका,दुर्घटना आमा बुबा गुमाएर अनाथ बनेका बालबालिका लगाएत अन्य अनाथहरुलाई संरक्षण दिँदै आएको छ भने सबैलाई बोर्डिङ स्कुलमा पढाइरहेको छ ।
संस्थाले सबैलाई १२ कक्षा सम्म अध्यनको ब्यवस्था गरिरहेको संस्थाका संरक्षक ज्योतिष रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । यहि सोमवार ११ बजे उद्घाटन भएको उतm महायज्ञमा एनआरएनका प्रतिनिधि, सामाजिक प्रतिठिष्त दिग्गद व्यक्तीहरु, जनप्रतिनिधिहरु र सरकारी निकायका उच्चपदस्थ व्यक्तीहरु लगायत महानायक राजेश हमाल पनि सो कार्यक्रममा सहभागी हुनुभएको थियो ।
महायज्ञ मायाघर रारा हिलबाट करिव सय मिटर माथी भत्केपाटी किर्तिपुरमा सञ्चालन यहिँ १९ गते सम्म संचालन हुँदै छ । सो महायज्ञमा युवा बाचक ठाकुर प्रसाद सुवेदीले बाचन गर्ने छन । यस्ता शुभकामको लागी गरिने महाँयज्ञमा देश तथा विदेशमा रहेका सहयोग मन एका नेपालीहरुले सक्दो सहयोग गर्नहुनेछ भन्ने आशावादी हुदै सबैमा अनुरोध गर्दछौ ।
क्याटेगोरी : समाचार
ट्याग : #माया घर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्