काठमाडौं-६: राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर विजयी, भिमसेनदास प्रधान तेस्रो
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानलाई पराजित गरेका हुन् । नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाल र पूर्व रक्षमन्त्रीसमेत रहेका प्रधानलाई उनले पराजित गरेका हुन् ।
विजयी भएका खनालले निकट्तम प्रतिस्पर्धी एमालेका खनाललाई ५ हजार बढी मतान्तरले पराजित गरेका हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याए भने एमालेका उम्मेदवार खनालले ९ हजार ९ सय ११ मत ल्याए ।
तेस्रोमा रहेका कांग्रेसका उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत ल्याए । शिशिरको यो जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चार सीट जित्न सफल भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिशिर खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्