झापा क्षेत्र नम्बर ५ बाट एमालेका अध्यक्ष ओली विजयी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभएको छ ।
मत गनिसक्नुअघि नै ओलीको जित सुनिश्चित भएको हो । ओलीका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारी सुरूवात देखि नै ओलीको मत भन्दा दोब्बर बढी मतले पछाडि हुनभयो।
यो समाचार तयार पार्दासम्म ओलीले ४४ हजार ८ सय ५ मत पाउनु भएको छ भने उहाँका निकट्तम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २१ हजार १ सय ५४ मत पाएका छन् । उहाँहरुबीचको मतान्तर नै २३ हजार ५ सय भन्दा धेरै रहेको छ । जबकि गन्न बाँकी मत १३ हजार भन्दा कम रहेको छ ।
यस्तै, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल हुनुहुन्छ । उहाँले ९ हजार ९ सय ३० मत ल्याउनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्