सुनसरी १ मा माओवादीको अग्रता
धरान । सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोको अग्रता रहेको छ । धरानको वडा नम्बर १,२,३,४,५ र ६ को कुल १५ हजार २०५ मतगणना गर्दा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मेन्याङ्बोले ३१ सय ७५ मत ल्याएर अग्रता हासिल गर्नुभएको हो । उहाँलाई एमाले जसपा तालमेलका उम्मेदवार अशोककुमार राईले २७ सय ६४ मत ल्याएर पछ्याईरहनुभएको छ ।
यस्तै, स्वतन्त्र पार्टीको उम्मेदवार गोमा तामाङले २४ सय २८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।
सुनसरी प्रदेशसभा १ (क) मा १२२१८ मतगणना हुँदा एमालेका रमेश बस्नेतले ३७२२ मत ल्याएर अग्रस्थानमा हुनहुन्छ भने लोकतान्त्रिक बाम गठबन्धन कांग्रेसका उम्मेदवार उमेश थापाले ३५०६ मत ल्याएर पछ्याईरहनुभएको छ । राप्रपाका उम्मेदवार उद्धव श्रेष्ठले २६७४ मत ल्याउनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालय धरानको अनुसार प्रतिनिधिसभातर्फ कुल १५ हजार २०५ मतमध्ये १४ हजार ४७ मत सदर भएको छ भने एक हजार १५८ मत बदर भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माओवादी, #सुनसरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्