तनहुँ २ (१) मा एमालेका श्यामराजा महत विजयी
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशसभामा दोस्रो सिट जितेको छ । एमालेबाट तनहुँ २ (१) मा उम्मेदवार बनेका श्यामराजा महतले चुनाव जितेका हुन् । यसअघि नेकपा एमालेबाट कास्की २ ९१० मा भीमबहादुर कार्कीले चुनाव जितेका थिए ।
महतले करिब २ हजारको मतान्तरले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए ।
नेकपा एमालेले हालसम्म प्रदेशसभामा दुई सिट मात्र जितेको छ । उता नेपाली कांग्रेसले भने ९ सिट जितिसकेको छ । एक÷एक सिट माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गण्डकी प्रदेश, #नेकपा एमाले, #श्यामराजा महत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्