पर्सा ४ (क) मा काँग्रेसका शङ्कर प्रसाद चौधरी विजयी
वीरगंज । प्रदेश सभा तर्फ पर्सामा फेरि काँग्रेसले अर्को सिट जितेको छ । पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शङ्कर प्रसाद चौधरी निर्वाचित हुनु भएको छ ।
पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाउनु भएका चौधरीले निकटतम प्रतिद्वन्द्वी एमाले जसपा गठबन्धनका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित हुनु भएको हो ।
चौधरीले नेकपा एमाले पर्साका अध्यक्ष रहनु भएका जय प्रकाश थारुलाई २ हजार ३४ मतको अन्तरले पराजित गर्नु भएको हो ।
चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुनु भएको छ भने थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गर्नु भएको छ ।
यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिनु भएको छ । चौधरीको जित सँगै अहिले सम्म पर्सामा नेपाली काँग्रेसले २ वटा प्रदेश सभा सदस्य जितेको छ ।
यसअघि आजै पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली काँग्रेसकै श्याम पटेल निर्वाचित हुनु भएको छ । चौधरी निर्वाचित भए पनि यसको आधिकारिक घोषणा गर्न बाँकी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेस, #शङ्कर प्रसाद चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्