नुवाकोटको क्षेत्र-१ मा एमाले र क्षेत्र-२ मा गठबन्धनको अग्रता
नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार र क्षेत्र २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
जारी रहेको मतगणनाअन्तर्गत आज अपरान्हसम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ सात हजार पाँच सय ७० मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले तीन हजार ९३ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले तीन हजार ६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले आठ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षेत्र नं १ को प्रदेश–२ तर्फ तीन हजार एक सय ९० मत गणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले एक हजार तीन सय १५ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार दुई सय ६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन सय ३४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारूढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् ।
प्रतिनिधिसभातर्फ पाँच हजार छ सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार नौ सय ९६ मत, नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले एक हजार चार सय एक मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार सुमनविक्रम पाण्डेले नौ सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ छ हजार सात सय २२ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले तीन हजार पाँच सय ५२ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार नौ सय १३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यको सात सय ६५ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्त
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्