ललितपुर क्षेत्र नम्बर २ (क) मा एमालेका रामेश्वर श्रेष्ठ विजयी
ललितपुर । वागमती प्रदेशसभातर्फ नेकपा एमालेले खाता खोलेको छ । ललितपुर क्षेत्र नम्बर २ (क) मा एमाले नेता रामेश्वर श्रेष्ठ विजयी हुँदै प्रदेशसभामा खाता खोल्नुभएको हो ।
श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई १४ सय ४८ मतले हराउँदै निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८ हजार २९८ मत पाएर बिजयी बन्दा राप्रपाका केसीले ६८५० पाउनु भयो भने सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार रिसा श्रेष्ठले ५ हजार ९७३ पाउनु भएको छ ।
२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक प्रदेशसभामा बिजयी हुनुभएको हो । २०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी९ ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिनुभएको थियो ।
अनेरास्ववियु काठमाडौं, पाटन, भक्तपुर जिल्लाको सचिव र दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका श्रेष्ठ अनेरास्ववियु सातौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यको भूमिकामा रहनुभएको थियो । उहाँ नेकपा एमाले ललितपुर जिल्ला कमिटी सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य हुँदै हाल एमाले केन्द्रीय लेखा आयोग सदस्य हुनुहुन्छ
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेका रामेश्वर श्रेष्ठ विजयी, #रामेश्वर श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्