कैलाली–४ मा वीरबहादुर बलायरसँग मतान्तर बढाउँदै लेखराज भट्ट
कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतान्तर बढाउँदै लगेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ मा मतगणना जारी रहँदा २३८ मतले भट्टले अग्रता लिएका हुन् ।
चुरे र मोहन्यालको मतगणना गर्दा २१ मतले अगाडि रहेका भट्टले गोदावरीमा गतगणना गर्दा मतान्तर बढाएका हुन् । अहिले गोदावरी–८ र ९ को मतगणना सकिएको छ । अहिले वडा नम्बर १ को मगतणना जारी रहेको छ ।
गोदावरी नगरपालिका भट्टको गृहपालिका पनि हो । पछिल्लो मतपरिणामअनुसार ८ हजार ५७ मत ल्याएका छन् । त्यस्तै, उनलाई पछ्याइरहेका कांग्रेसका वीरबहादुर बलायरले ७ हजार ४ सय २५ मत ल्याएका छन् ।
उनीहरूबीच ६ सय ३२ मतान्तर रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लेखराज भट्ट, #वीरबहादुर बलायर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्