गोरखा – १ मा राजेन्द्र बजगाई र २ मा पुष्पकमल दाहाल अगाडि
गोरखा । गोरखा क्षेत्र नम्बर १ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाई र २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अगाडी छन् ।
क्षेत्र नम्बर १ मा २५ सय ७४ मत गणना सकिँदा बजगाईले १८ सय २१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले चार सय १९ मत प्राप्त गरेका छन्।
गोरखा २ मा १२ हजार सात सय १७ मत गणना सकिँदा माओवादी अध्यक्ष दाहालले सात हजार ५७ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले १९ सय २९ र नेकपा एमालेका अब्दुस मियाँले १६ सय ७६ मत प्राप्त गरेका छन्।
गोरखा १ प्रदेश सभा १ मा माओवादी केन्द्रका कृष्ण धिताल, प्रदेश सभा २ मा कांग्रेसका नन्दप्रसाद न्यौपाने अगाडी छन्।
गोरखा १ प्रदेश सभा १ मा नेपाल समाजवादीका फडिन्द्र देवकोटा र प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले अग्रता लिएका छन्।
गोरखामा प्रतिनिधि र प्रदेश सभा सबैमा गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पुष्पकमल दाहाल, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्