सिन्धुपाल्चोक–१ मा एमालेका सरेश नेपाल र २ मा कांग्रेसका मोहन बस्नेत अगाडि
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुवै प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार नौ हजार नौ सय ३२ मतगणना हुँदा क्षेत्र नं १ मा नेकपा (एमाले)का सरेश नेपालले चार हजार एक सय ४९ मत प्राप्त गरेका छन् ।
त्यस्तै लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार माधव सापकोटाले तीन हजार सात सय २२ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ प्रदेश (१) मा कांग्रेसका मसिना खड्का तीन हजार सात सय १० र एमालेका युद्धविक्रम लामाले तीन हजार तीन सय २४ मत प्राप्त गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।
जारी मतगणनामा बस्नेतले चार हजार ६ सय १६ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले दुई हजार नौ सय ३९ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल चार हजार पाँच सय २९ एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोहन बस्नेत, #सरेश नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्