गोरखा-१ मा राजेन्द्र बजगाईको अग्रता कायम
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ को बाम लोकतान्त्रिक गठबन्धका तर्फबाट कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईले अग्रता कायम राखेका छन् ।
२५ सय ७४ मत गणना हुदा बजगाईले १८ सय २१ म्त प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेको उम्मेदवार रामशरण बस्नेतले ४ सय १९ मत प्राप्त गरेका छन् ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी सुवर्ण रोकाहा एक सय र जनता समाजवादी पार्टीका रुपेश रानाले २१ मत प्राप्त गरेका छन् ।
जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ । सोमबार साँझ मात्र सो क्षेत्रका सबै मतपेटिका संकलन भएको थियो । सडक सञ्जाल नजोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको हो ।
मंगलबार बिहान दश बजे बसेको सर्वदलीय बैठक पश्चात मतगणना सुरु गरिएको हो । गोरखा–१ मा कुल ५९ हजार ८९ मत खसेको छ ।
यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #राजेन्द्र बजगाईँ, #रामशरण बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्