निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह
सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ-आफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ ।
सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय भएको जनाउँदै गृह मन्त्रालयले निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयमा यही मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था गर्न आग्रह गरेको हो ।
मन्त्रालयले निर्वाचनका दिन दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रका छाता सङ्गठनलाई पत्राचारसमेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, वायुसेवा सञ्चालक सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका सबै छाता सङ्गठनलाई पत्राचार गर्दै निर्वाचनका समयमा दुई दिन बिदा दिन आग्रह गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सरकारले यसअघि सरकारी तथा सार्वजनिक निकायमा मङ्सिर ४ र ५ तथा विद्यालयमा मङ्सिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयले पनि आजदेखि मङ्सिर ५ गतेसम्म क्याम्पस तथा कार्यालयमा सार्वजनिक बिदा दिइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्