मौन अवधिमा आचारसंहिता विपरीत किसान श्रेष्ठ र जितेन्द्र सोनल भोट माग्र्दै
बारा । बारामा मंसिर ४ गते हुने निर्वाचनको स्थिर समय (मौन अवधि)मा आचारसंहिता विपरीत उम्मेदवारहरूको घरदैलो भएको छ। बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिता विपरीत घरदैलो कार्यक्रम भएको हो।
सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ९किसान० र प्रदेशसभा सदस्य ९ख० का उम्मेदवार जितेन्द्र सोनलले शुक्रबार बिहान घरदैलो गरेका हुन्। करिब एक सयभन्दा बढी नेता कार्यकर्ताको सहभागितामा घरदैलो भएको स्थानीयवासीले बताएका छन्।
बिहीबार मध्यरात १२ बजेबाट चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ। तर, यसको उल्लङ्घन गर्दै किसान र सोनलले शुक्रबार बिहान घरदैलो कार्यक्रम गर्दै मत मागिरहेका छन्।
यसबारे खबर पाएको प्रहरीले आचारसंहिता विपरीतका कार्य रोक्न बताएको छ। घरदैलो कार्यक्रम भइरहेको जानकारी आएको बताएका बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घरदैलो कार्यक्रम रोक्नलाई प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालन गरेको बताए।
क्याटेगोरी : समाचार
ट्याग : #आचारसंहिता विपरीत किसान श्रेष्ठ र जितेन्द्र सोनल भोट माग्र्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्