जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना, आठ जना घाइते
जुम्ला । जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
जुम्ला सदरमुकामबाट तातोपानी गाउँपालिका ८ जनजागृति मावि ताम्ती मतदान केन्द्रमा खटि गएको टोलीलाई लिएर गरेको भे १ च २१८८ नम्बरको बोलेरो जीप निर्वाचन सामाग्रीसहित तिला गाउँपालिका ४ रावतबाडा भन्ने ठाउँमा दिउँसो साढे २ बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।
जीप अनियन्त्रित भई त्रिवेणी टोप्ला जोड्ने सडक खण्डबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक शरेस कार्कीलाई नियन्त्रणमा लिइएको छ । निर्वाचन सामाग्रीमा कुनै क्षति नपुगेको डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
घाइतेहरूको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । घाइतेको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गाडी दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्