काठमाण्डौं ६ मा स्वतन्त्र समूहको पनि साथ पाएपछि एमालेका उम्मेदवार सर्वेन्द र निरेशलाल झन् ढुक्क
काठमाण्डौं । २०७९ मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाण्डौं क्षेत्र नं ६ प्रदेशका बाट स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र खतिवडा र सरिता कामीले एमालेका प्रतिनिधिसभाका उम्मेदवार सर्वेन्द्र खनाल र प्रदेशसभा (क) एमालेका उम्मेदवार निरेशलाल महर्जनलाई सघाउने भएका छन् ।
उनीहरुले आज बिहिबार सहमति गरेर एमालेका उम्मेदवारलाई सघाउने जनाएका हुन् । काठमाण्डौं क्षेत्र नं ६ मा एमालेको अवस्था बलियो रहेकोमा अहिले यो समूहले पनि सघाउने भएपछि एमाले थप उत्साहित भएको छ ।
प्रदेशसभा क एमालेका उम्मेदवार निरेशलाल महर्जनले सत्ता गठबन्धन भए पनि कुनै फरक नपर्ने बताउनु भएको छ । ‘मतदाताहरु हाम्रो पक्षमा हुनुहुन्छ, गठबन्धन माथिमाथि भएको हो, चुनाव हामी जित्छौं’ उहाँले भन्नुभयो ‘एमालेले हिजोका दिनमा गरेका राम्रा कामको मतदाताले प्रसंशा गर्नुभएको छ, अब पनि एमालेको सरकार बन्यो भनें आफूहरुको जिवनमा परिवर्तन आउँछ भन्ने उहाँहरुलाई लागेको छ ।’ ‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टी बाहिरको पनि राम्रो मत आउँछ’ उहाँले भन्नुभयो ‘मैले अहिलेसम्म राजनीतिसँगै समाजसेवा पनि गरें, मेरो योगदानको कदर होला भन्नेमा ढुक्क छु ।’
एमालेका उम्मेदवार लाई सर्मथन गर्ने कार्यक्रममा आफ्नो धाराण राख्दै योगेन्द्र खतिवडा र सरिता कामीले सर्वेन्द्र खनार र निरेशलाल सिंह महर्जन जस्तो यूवा स्वच्छ छवि र भिजन भएको उम्मेदवार भएकोले आफ्नो उम्मेदवारी निश्क्रिय भएको घोषण गर्दे एमालेका उम्मेदवारलाई आफ्नो समर्थन रहेको र सथै सम्पूर्ण काठमाण्डौं क्षेत्र नं ६ का मतदाता हरु लाई सूर्य चिन्हमा मतदान गर्नेको लागि अपिल गर्नुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निरेशलाल महर्जन, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्