Techie IT
शुक्रबार, साउन ४,२०८१

रविकै पार्टीका उम्मेदवार शिशिर खनालको यस्तो बेइमानी (स्वतन्त्रको भ्रम)


कुल निर्वाचन जित्न उम्मेद्वारहरुले साम दाम दण्ड भेद प्रयास गर्नु नेपाली राजनितिमा नौलो हैन । तर पुराना शक्तीका विकल्प दाबी गर्ने नयाँ दलहरु नै मत तान्न आचारसंहिता विपरितका कार्यमा व्यस्त देखिएका छन् । ईमान्दारिताको राजनीति गर्ने भनेर चुनावी मैदानमा आएकाहरु नैभ्रमको राजनीति गरेपछि जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ हुदै गएको छ । एक रिपोर्ट ००० यी हुन शिशिर खनाल ।

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका उनी ईमान्दारिताको र वैकल्पिक राजनिति गर्ने भन्दै चुनावी मैदानमा आएका हुन । तर पार्टीको उम्मेद्वार रहेका र घण्टी चुनाव चिन्ह पाएका उनी आफूलाई स्वतन्त्र उम्मेद्वार भन्दै भोट मागिरहेका छन । पहिले एमालेसंग टिकट माग्न पुगेका र पछि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका उनका राजनितिक वेईमानीपूर्ण कार्य यतिमा मात्र सिमित छैन ।

प्रदेशको विरोध गर्ने पार्टीकै प्रतिनिधि रहेर पनि उनी प्रदेशसभाका उम्मेद्वारलाई पनि भोट मागिरहेका छन् । उनी एक भोट घण्टीमा र एक भोट धारामा भन्दै घरदैलो गरिरहेका छन ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रप्रति देखिएको क्रेजकै कारण आगामी चुनावी मैदानमा यस्ता उम्मेद्वारको संख्या पार्टीको भन्दा धेरै छ । तर स्वतन्त्र अभियानले मात्र केहि नहुने भन्दै रवि लामिछाने भने पार्टी नै गठन गरेर राजनितिमा होमिएका हुन ।

तर उनकै पार्टीका उम्मेद्वारले भने आफूलाई स्वतन्त्र भन्दै भोट मागिरहेका छन । हुन पनि आम मतदातामा अहिले स्वतन्त्रप्रतिको लगाव राम्रो देखिएको छ ।स्वतन्त्र उम्मेद्वारको भीडमा को असली भन्ने ज्ञान समेत नभएका उनीहरु केवल स्वतन्त्रकै नाममा भोट हाल्ने बताईरहेका छन ।

फलत ः उनीहरुको यहि लगाव र सिदापनको फाईदा उठाउन केहि राजनितिक दलका उम्मेद्वारहरु लागि परेका छन् । बाईट….मतदाता स्थानीय तहकै निर्वाचनको प्रभाव स्वरुप स्वतन्त्र भन्नसाथ लौरो चिन्ह हो भन्ने बुझाईका भएका मतदाता पनि धेरै छन् । तर अहिले लौरो चुनाव चिह्ननिर्वाचन आयोगले अनन्तराज घिमिरेको हाम्रो नेपाल पार्टीलाई दिएको छ ।

तर लौरो चिन्ह पाएका उम्मेद्वारहरु पनि आफूलाई स्वतन्त्र उम्मेद्वारकै रुपमा चिनाईरहेका छन । काठमाडौका मेयर वालेन शाह र धरानका हर्क साम्पाङले पाएको चिन्ह समेत यहि लौरो भएको र उनीहरुको साथ आफूलाई भएकोसम्म भन्न भ्याउने उनीहरु मतदातालाई गुमराहमा पारिरहेका छन ।

उनीहरुका यहि गतिविधीकै कारण निर्वाचन आयोगले प्रष्टिकरण नै सोधेको थियो ।स्वतन्त्रका नाममा भईरहेका यस्ता गतिविधीलाई स्वयम स्वतन्त्र उम्मेद्वाहरु समेत राजनितिक वेईमानी भएको बताएका छन । बाईट….निर्देश सिलवाल, प्रतिनिधि सभा उम्मेदवार,काठमाडौँ – ६ हुन त निर्वाचन आयोगले वागी उम्मेद्वारलाई पनि स्वतन्त्रमा राख्दा असली स्वतन्त्र को भन्ने छुट्याउन नै आम मतदातालाई सकस परिरहेको छ ।

त्यसमाथि पनि स्वतन्त्रका नाममा दलका उम्मे्दवारले गरेको छद्मभेषी प्रचारका कारण असली स्वतन्त्र उम्मेद्वारलाई मात्र चुनौती थपिदिएको छैन कि स्वतन्त्र शब्द केवल मत तान्ने अश्त्र बन्न थालेको छ ।

जवकि यसलाई निर्वाचन आयोगले समेत आचारसंहिता विपरितको कार्य भनिसकेको छ । यो अवस्थामा वैकल्पिक भनिएकै उम्मेद्वारबाट भईरहेको आचारसंहिता विपरितका गतिविधिले भने यो अभियानलाई नै गिज्याईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिशिर खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545