गगन थापा प्रधानमन्त्री बन्ने भएपछि अरुलाई किन मतदान गर्ने भन्ने जनताको प्रश्न छ – श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ४ का निर्वाचन प्रचार प्रसार समितिका सदस्य राजन श्रेष्ठ ‘धरातल’ ले काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार गगन थापाले संसदीय निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् ।
थापाको उम्मेदवारीले सर्वत्र चर्चा पाएको भन्दै उनले थापाको चुनावी लहर कसैसँग तुलना गर्न नमिल्ने बताए । ‘उहाँमा जुन जोश, जाँगर र आँट छ त्यो अरु कोहीसँग तुलना गर्न मिल्दैन, उहाँप्रति जनताको धेरै ठूलो आशा छ’ उनले भने ‘उहाँले अब आफैं ड्राइभरको सिटमा बसेर देशलाई ड्राइभिङ गर्ने भन्नुभएको छ, यो क्षेत्रका लागि योभन्दा ठूलो खुशीको कुरा अरु हुन सक्दैन ।’ श्रेष्ठले अहिले कांग्रेसको अवस्था राम्रो भएकाले आगामी निर्वाचनबाट कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । कांग्रेसले जारी गरेको संकल्पमा देश र जनताको हित गर्ने विषय उल्लेख भएकाले कांग्रेसको पक्षमा मतदान गर्न उनले आग्रह गरेका छन् ।
‘गगन थापाले अब १० वर्षमात्र सक्रिय राजनीति गर्छु अनि अरुलाई पालो दिन्छु भन्नुभएको छ त्यो सकारात्मक कदम हो ’ उनले भने ‘उहाँमा यस्तो विचार आउनु आफैंमा राम्रो कुरा हो ।’ पार्टीको महामन्त्रीसमेत रहेका थापा स्वास्थ्यमन्त्री हुँदा गरेका उल्लेखनीय कामलाई जनताले सम्झिइरहेको श्रेष्ठको दाबी छ । ‘पार्टी गलत बाटोमा जाँदा पनि गलत भयो भनेर भन्न सक्ने र पार्टीलाई सही ‘ट्रयाक’ ल्याउने उहाँको कदमको जति चर्चा गरे पनि कमै हुन्छ ’ उनले भने ‘अहिले चुनाव प्रचार प्रसारको क्रममा जनताको घरमा मत माग्न गएका अरु पार्टीका नेताहरु निराश भएर फर्किएको सुनेका छौं, यो हाम्रो लागि खुशीको कुरा हो ।’
गगन थापाले युवाको भावना समेटेको, पार्टीमा नेतृत्वदायी भूमिका खेलेको, विचारयुक्त कांग्रेस बनाएको, स्वच्छ र निश्पक्ष छबि बनाएको, निडर र साहसिक नेताका रुपमा पहिचान बनाएको उनको भनाई छ । ‘अब पनि मतदाता अलमलिनुहुन्छ भन्ने मलाई लाग्दैन, उहाँ भोलिको दिनमा पार्टी सभापति हुने मान्छे हो’ उनले थपे ‘पटक पटकको जित पनि उहाँको भोलि निर्वाचन जित्ने बलियो आधार हो ।’ उनले, थापाले हिजो एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि निर्वाचन जितेकाले अहिले अवस्था झन् सहज भएको दाबी गरे ।
थापालाई सबैको राम्रो समर्थन भएको भन्दै उनले थापालाई मतदान नगर्नु भनेको यो क्षेत्रमात्र नभएर देशलाई नै पछि पार्न खोज्नु भएको टिप्पणी गरे । थापाको व्यक्तित्व र स्वभावलाई अरु पार्टीकाले पनि मन पराएको उनको भनाई छ । ‘उहाँ कांग्रेसको मात्र होइन देशको नै नेता हो, उहाँको विचारलाई अरुले पनि ग्रहण गर्नुपर्छ’ उनले थपे ‘ अहिले उहाँलाई जिताउन सबै ठाउँमा समूह नै बनाएर मतदाता लागिपर्नुभएको छ, उहाँ जहाँ जानुहुन्छ त्यहाँको माहौलले पनि राम्रो संकेत गरेको छ ।’
संसदमा थापाले व्यक्त गरेका विचारलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेर्ने उनको भनाई छ । ‘हिजो एमाले र एमालेको सरकारले गरेको गलत गतिविधिको विषयमा संसदमा उहाँले खेलेको भूमिका चानचुने थिएन’ उनले थपे ‘यो क्षेत्रमा मात्र होइन, देशैभर कांग्रेसलाई जिताउन र समृद्धिको रेखा कोर्न सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्