Techie IT
मंगलबार, वैशाख २३,२०८२

मतदाताको माया बटुल्दै मोहन भट्टराई (फोटो फिचर)


गोरखा । गोरखा क्षेत्र १ (ख) को नेकपा एमालेका उम्मेदवार मोहन भट्टराईले मतदाता भेटघाटलाई तिब्र पारेका छन्। चुनावको मिति नजिकिदै जादा भट्टराईले चुनावी अभियानलाई तिब्र पारेका हुन्। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताएका छन्।

नेकपा एमाले बाट चुनावमा होमिएका भट्टराईले चुनावी अभियानको क्रममा प्रदेश ख को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसकेका छन् भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिए ।

निरन्तर जनताको घरदैलो अभियानमा लागेका भट्टराई जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने गर्छन। गोरखामा सालिन र इमान्दार नेताको छवि बनाएका भट्टराई आफुले चुनाव जित्नेमा ढुक्क देखिन्छन्।

भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर घर र टोलटोल पुगेका भट्टराईले आफुप्रति मतदाताको पूर्ण साथ र सहयोग रहेको बताएका छन् । जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवानै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #मतदाताको माया बटुल्दै मोहन भट्टराई, #मोहन भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545