गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ : केपी ओली
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि माओवादी पाँच र सात सिटमा मात्र सीमित हुने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको गठबन्धन खरानीको डल्लो भएको भन्दै मंसिर ४ पछि डल्लो फुट्ने दाबी गर्नुभयो । मंसिर ४ को निर्वाचनपछि माओवादी खरानीको डल्लो फुट्ने र माओवादी सडकमा जाने टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गर्नुभयो । एमालेको सरकार बन्ने बित्तिकै गठबन्धन नरहने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धन मंसिर ४ पछि रहँदैन, खरानीको डल्लोजस्तै हो ।’
अध्यक्ष ओलीले हिजो छोरी बिकाउनको लागि १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको बताउनु भयो ।
‘गठबन्धन २० वर्ष टिक्छ भन्ने जस्तो भावुक कुरा केही हैन, अध्यक्ष ओलीले भन्नुभयो, ‘नचाहिने खालका प्रलोभन बाँडेको हो, हिजो छोरी बिकाउन १५ वर्ष भने, आज आफू बिक्न २० वर्ष भन्दै छन् । अरू कसैको श्रीमती, कसैको छोरा, कसैका ज्वाइँलाई जिताउनको लागि लागि दिइने अभिव्यक्ति राष्ट्रिय राजनीतिको विषय बन्दैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओली, #निर्वाचन आयोग, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्