कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान) को औपचारीक शुभारम्भ
काठमाडौं, १० चैत्र – सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजकहरुको छाता संगठन कार्यक्रम ब्यवस्थापन संघ, नेपाल (इमान) को अौपचारिक शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार वानेश्वरमा आयोजित पत्रकार सम्मेलन कार्यक्रम माझ पूर्व पर्यटन तथा संस्क्रिती मन्त्री कृयाशुर शेर्पाले संघको अौपचारिक शुभारम्भ भएको घोसणा गरे । संघको अौपचारिक शुभारम्भ पस्चात पूर्व मन्त्री शेर्पाले संघका पदाधिकारी एबम संस्थापक सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री शेर्पाले कार्यक्रम ब्यवस्थापन कार्य आफैमा चुनौतीपूर्ण रहेको अौल्याउदै संघले कार्यक्रम ब्यवस्थापनको क्षेत्रमा कृयाशिल आफ्ना सदस्यहरुलाई चुस्त र प्रभावकारी ढंगले कार्यक्रम सम्पन्न गराउन अभिप्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रम ब्यवस्थापन संघ, नेपालका अध्यक्ष लब बहादुर कार्कीले मनोरन्जन क्षेत्र मध्ये पनि सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीताले समाज परिर्वतनसँगसंगै देशको समग्र आर्थिक विकासमा टेवा पुर्याउदै आएको र बताए ।
त्यसैगरि, संघका प्रवक्ता सरोज ओझाले संघ स्थापना गर्नुको उदेश्य बारेमा पत्रकारहरुले राखेको सवालको जवाफ दिदै सौन्दर्य प्रतियोगीता, महोत्सव, फेशन शो, अवार्ड वितरण लगायत विविध ईभेन्ट संग सम्बन्धित मनोरन्जनात्मक कार्यक्रम एवं प्रतियोगीता आयोजनाको क्षेत्रमा देखिदै आएका विक्रिती एबम बिसंगतीलाई निरुत्साहित गर्दै कार्यक्रम व्यवस्थापनको कार्यलाई थप ब्यवस्थित तुल्याउन तथा ईभेन्ट कम्पनीहरुको पेशागत हकहित, अनुशासन र मर्यादाका लागि एक आपसमा मेल मिलाप एवं साथ सहयोगको भावनालाई जाग्रित गराउनु रहेको जनाए ।
संघका सल्लाहकार सिताराम पोखरेलले संघले आफ्नो संगठनलाई सशक्त पार्दै अघि बढाउन ध्यान केन्द्रित गर्नूपर्ने बताए । संघका उपाध्यक्ष शान्ता लामाले ईभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बिक्रिती र बिसङगती रहेको अौल्याउदै आगामी दिनमा संघले यस्ता ईभेन्टकार्यक्रम लाई ब्यवस्थित गराउन खवरदारी गर्ने बताईन । कार्यक्रममा संघका सचिब सोनित राज ढुङ्गानाले देशको आर्थिक एबम सामाजिक विकासलाई गतिशिल तुल्याउन नेपाल सरकारसँगसंगै निजी क्षेत्र लगायत सामाजिक संघसँगठनहरुले खेल्ने भूमिकाले पनि उत्तिकै महत्व बोक्ने बताउदै संघले देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।
संघका सदस्य प्रदिप राज वन्तले सँगठित रुपमा अघि बढदै गर्दाको अवस्थामा आगामी दिनमा इभेन्ट ब्यवस्थापनको क्षेत्रमा आपसी सहकार्यको भावना र स्वच्च प्रतिस्पर्धाको विकास हुने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, ३ नम्बर प्रदेशका सल्लाहकार उज्जवल जंग शाह, ग्लोबल नेपालीज सेफ फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भण्डारी, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
संघको विधिवत दर्ता लगत्तै गत चैत्र ०७ गते नुवाकोटको बिदुर नगरपालिका ३ स्थित चन्डि आधारभुत बिद्यालयमा मिलाप फाउण्डेसनसँगको सहकार्यमा १५२ जना विधार्थीहरुलाई संघले खेलकुद एबम स्टेशनरी सामाग्री तथा ब्याग वितरण गरेको जानकारी संघका प्रवक्ता सरोज ओझाले दिए ।
को को छ्न कार्यक्रम ब्यवस्थापन संघ, नेपालमा ?
अध्यक्ष : लव बहादुर कार्की उपाध्यक्ष : शान्ता कुमारी तामाङ्ग महासचिव : सावित्री ढुङ्गाना प्रवक्ता : सरोज ओझा सचिव : सोनीत राज ढुङ्गेल सहसचिव : डेविल सिहं राजपुत कोषाध्यक्ष : राज लुईटेल सहकोषाध्यक्ष : टेक राज पाण्डे कार्यसमिती सदस्य : मोनीत महर्जन, तृष्णा गुरुङ्ग, प्रदिप राज वन्त, सुरज थापा, सपना राई संस्थापक सदस्य: गोकर्ण लामीछाने (नुवाकोट) , राजिव दियाली (मोरङ्ग), सविना श्रेष्ठ (धनगढी), समिर लामा, पासाङ्ग शेर्पा, पवन कोईराला र अशोक तामाङ
क्याटेगोरी : समाचार
ट्याग : #(इमान)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्