रबी लामिछाने विरुद्ध उजुरी, आवश्यक कारबाहीका लागि निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार रवी लामिछानेविरुद्ध नागरिकता सम्बन्धी प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी परेको छ । नवलपरासी र चितवनका दुई जनाले लामिछानेले पहिले विदेशी नागरिकता प्राप्त गरेको भए पनि नेपाली नागरिकता परित्याग नै नगरेर पछि पुरानै नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको भन्दै छुट्टै दुई वटा उजुरी दर्ता गरेको आयोगले जनाएको हो ।
उजुरीमा विदेशी नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्यागेको हुनुपर्ने र विदेशी नागरिकता त्यागेपछि पुनस् नेपाली नागरिकता लिनुपर्ने उल्लेख गरिएको छ । उनीहरूले पहिले नै बदर भइसकेको नेपाली नागरिकता पेश गरेर लामिछानेले उम्मेदवारी दर्ता गराएको उजुरीमा उल्लेख गरेका छन् ।
लामिछाने विरुद्ध आयोगमा उजुरी परे लगत्तै निर्वाचन आयोगले आवश्यक कारबाहीका लागि चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गरेको छ । आयोगमा उजुरी पर्ने बित्तिकै आवश्यक कारबाहीका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्राचार गरिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।
आयोगले पठाएको पत्र चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुझिसकेको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले आयोगले पठाएको पत्र आफूले प्राप्त गरिसकेको बताउँदै आवश्यक कारबाही प्रक्रियामा गइसकेको नेपाल प्रेससँग बताए । उनले भने, ‘आयोगमा उजुरी परेका रहेछ । आयोगले हामीलाई आवश्यक कारबाही गर्नका लागि पत्राचार गरेको छ । अब हामीले भोलि नै लामिछानेलाई स्पष्टीकरण सोध्छौ ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुसार भोलि नै लामिछानेलाई ७ दिनको समय सीमा दिएर स्पष्टीकरण सोधिने छ । ७ दिन भित्र लामिछानेले आफ्नो स्पष्टीकरण पेश गर्नेछन् । उनले पेश गरेको स्पष्टीकरणसँगै त्यससँग सम्बन्धित प्रमाण बुझेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगलाई पत्राचार गर्नेछ । त्यसपछि आयोगले कानूनी व्यवस्था अनुसार आवश्यक निर्णय लिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवी लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्