माओवादी चितवन ३ का बागी उम्मेदवार हरि योञ्जन एमालेमा प्रवेश
चितवन । नेकपा माओवादी केन्द्रमा लामो समयसम्म योगदान गरेका गायक एवं चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि योञ्जन नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रमा परिवारवाद हावी भएको र न्यूनतम कम्युनिष्टको चरित्र पनि नभएकोले आफूले माओवादी छाडेको योञ्जनले बताएका छन् ।
योञ्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गरेका योञ्जनले चितवन(३ मा एमालेको समर्थनमा माछा चिन्ह लिएर उम्मेदवार बनेका दिनेश कोइरालालाई सर्मथन गर्दै उम्मेदवारी निष्कृय पारेका छन् ।
माओवादी भित्र राजनीतिका नाममा लुटपाट मात्रै गरेको भन्दै योञ्जनले सच्चा कम्युनिष्टहरु एमालेमा गोलबद्ध हुन आग्रह गरे ।
‘माओवादी केन्द्र एउटा आउटडेटेड शक्ति हो, यसको राजनीतिक भविष्य छैन्, यसले जनताका एजेण्डा बोक्न पनि सक्दैन्’ योञ्जनले भने ‘माओवादी नेपालको राजनीतिलाई कहिल्यै स्थीरता हुन नदिन लागि परेको छ यस्ता च्याँखे दलको काम छैन ।’
उनले माओवादी अब खिइएर सकिँदै जाने अवस्थामा पुगेको बताए । माओवादीले हजारौं सहिद, घाइते र बेपत्ताहरुको सपनाको हत्या गरेको उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माओवादी चितवन ३ का बागी उम्मेदवार हरि योञ्जन एमालेमा प्रवेश, #हरि योञ्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्