चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी ओलीले आज प्रदेश १ जानुहुँदै
काठमाडौं । देश दौडाहामा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ मा जानुहुने भएको छ । निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष ओलीले आज प्रदेश १ का तीन वटा चुनावी सभालाई सम्बोधन गर्नुहुने छ ।
एमाले स्थायी कमिटी सदस्य गुरु बरालका अनुसार अध्यक्ष ओलीले आज १२ बजे सुनसरीको दोहोबी, २ बजे लोकहीमा चुनावी सभालाई सम्बोधन गर्नुहुने छ ।
यस्तै अध्यक्ष ओलीले आज साझ ६ बजे विराटनगरमा मोरङका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने स्थायी कमिटी सदस्य बरालले जानकारी दिनुभयो । विराटनगरको अन्तरक्रिया सकेर अध्यक्ष ओली आजै झापाको दमकस्थित आफ्नो निवासमा जानुहुने छ ।
यस्तै अध्यक्ष ओलीले चुनावी प्रचारको अन्तिम दिन भोलि मंसिर १ गते झापाको दुई चुनावी सभालाई सम्बोधन गर्नुहुने छ । अध्यक्ष ओलीले भोलि झापाको क्षेत्र नम्बर १ को काँकडभिट्टा र ५ को खजुरगाठिमा चुनावी सभालाई सम्बोधन गर्ने उहाँका चुनावी कमाण्डर देवेन्द्र दाहालले जानकारी दिनुभयो । भोलि राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने छ । त्यस समयमा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् ।
ख्ष्मभय एबिथभच
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्