मतदाताको माया बटुल्दै कृष्ण धिताल
गोरखा । गोरखा क्षेत्र १ (क) का वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्ण धिताल बिजयले मतदाता भेटघाटलाई तिब्र पारेका छन्। चुनावको मिति नजिकिदै जादा धितालले चुनावी अभियानलाई तिब्र पारेका हुन्। एकै दिन दर्जन भन्दा बढी भेटघाट गरेका उनले आफुले जनताको ब्यापक समर्थन पाएको बताएका छन्।
नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका धितालले चुनावी अभियानको क्रममा प्रदेश ९क० को सबै क्षेत्रमा एकसरो कार्यक्रम गरिसकेका छन् भने अहिले छुटेका ठाउँमा भेटघाटलाई तिब्र पारेको जानकारी दिए । निरन्तर जनताको घरदैलो अभियानमा लागेका थिताल जनताले भोगेका समस्यालाई टिपोट गर्दै तत्काल सम्बोधन गर्न सकिने समस्यालाई समाधान गरिदिने गर्छन।गोरखामा सालिन र इमान्दार नेताको छवि बनाएका धिताल आफुले चुनाव जित्नेमा ढुक्क देखिन्छन्। भुँइतहका जनताको समस्यालाई नजिकबाट बुझ्नको लागि मतदाताको घर(घर र टोलटोल पुगेका धितालले गठबन्धनको पूर्ण साथ र सहयोग रहेको बताएका छन् ।जनताको समस्यालाई आफ्नै समस्या ठान्ने उनले जनताको सेवानै आफ्नो मुख्य उदेश्य रहेको बताउदै आफ्नो क्षेत्रको विकास र समृद्धिको लागि निरन्तर लाग्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण धिताल बिजय, #मतदाताको माया बटुल्दै कृष्ण धिताल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्