सुर्खेतमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ
सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाको चौरासेमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ परेका छन् ।
लेकवेसी नगरपालिका–९, चौरासेमा सोमबार ७३ वर्षीया डिल्लीसरा जैसी ९भण्डारी०को शव भेटिएको थियो ।
भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३३ वर्षीय सालिकराम बाँस्तोलालाई आज भेरीगंगा नगरपालिकाको कालिदमारमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
सामान्य विवादमा सालिकरामले धकेल्दा डिल्लीसराको टाउको ढुंगामा ठोक्किएर मृत्यु भएको थियो । घटनापछि लुकेर बसेका सालिकरामलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले जानकारी दिनुभयो । उहाँले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सुर्खेतमा सासूको हत्या गरेको आरोपमा ज्वाइँँ पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्