हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील
हुम्ला । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुस्थिति मूल्याङ्कन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो ।
अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा पाँच वटा, सिमकोटमा चार वटा, खार्पुनाथमा दुुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा एक वटा र ताँजाकोटमा चार वटा छन् ।
अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुसार खटाइने छ । त्यसैगरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ ।
संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुुसार नाम्खामा तीन वटा, सिमकोटमा दुई वटा, खार्पुनाथमा दुई वटा, सर्केगार्डमा चार वटा, चङखेलीमा चार वटा, अदानचुलीमा पाँच वटा र ताँजाकोटमा दुई वटा रहेका छन् । जिल्लाका १२ वटा मतदानस्थललाई भने सामान्य रुपमा वर्गीकरण गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##हुम्ला, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्