मंसिर ४ को चुनाव गडबड हुन्छ: प्रकाण्ड
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्लामा आएर चुनाव बहिस्कारको निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले आसन्न चुनाव बहिस्कारका लागि कार्यकर्तालाई निर्देशन गरेका छन् ।
केही दिनअघि रुपन्देहीमा गृहमन्त्री खाणले विप्लव समूहसँग वार्ता भइरहेको र चुनाव शान्तिपूर्ण हुने बताएपनि नेता प्रकाण्डले सोमबार यस्तो सो पार्टी निकट भेलामा यस्तो निर्देशन दिएका हुन् ।
गृहमन्त्रीलाई जवाफमार्फत दवाव दिन सो समूहले चुनाव भण्डाफोर सभाको आयोजना गरेको आंकलन गरिएको छ ।
‘यो चुनाव कागलाई बेलपाकेजस्तै हो, यो आमनागरिकलाई कुनै सरोकार छैन, यो चुनाव जनताका लागि आवशयक छैन, ५ वर्ष लुटेराहरुलाई लुट्नका लागि पठाउन लागिएको हो, हाम्रो विरोधलाई रोक्नखोजे प्रतिकार हुन्छ’ बुटवलमा आज आयोजना गरेको चुनाव भण्डाफोर सभालाई सम्बोधन गर्दै नेता प्रकाण्डले भने ।
दलाल पुँजिवादी चुनाव बहिस्कारका लागि ‘गडवड’ गर्ने चेतावनी उनले दिएपनि कस्तो खाले ‘गडवड’ हो भन्ने विषय भने खुलाएनन् ।
उनले दलाल पुँजिवादी व्यवस्थालाई खरानी नपार्दासम्म कम्युनिष्ट पार्टीले ‘गडवड’ गरिरहनु पर्ने पनि बताए । उनले सशक्त बहिस्कारका लागि तयार रहन कार्यकर्तालाई आह्वान गर्दै राज्यले गिरफ्तार र दमन गरे त्यसको प्रतिबाद गर्न पनि निर्देशन दिए ।
नेता प्रकाण्डले तिनाउ दानव करिडोरको नाममा त्यस क्षेत्रमा बसोबास गर्ने भुमिहीन सुकुम्बासीलाई उठिबास गराउन खोजिएको आरोप लगाउँदै वैकल्पिक व्यवस्थाबिना हटाउन खोजिए आफ्नो पार्टीले प्रतिरोध गर्ने चेतावनी पनि दिए ।
करिडोर आवश्यक भएपनि जनताको गाँस र बासभन्दा ठुलो विषय करिडोर नभएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #खड्कबहादुर विश्वकर्मा, #मंसिर ४ को चुनाव गडबड हुन्छ: प्रकाण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्