घरदैलोमा खुसी देखिएका सर्वेन्द र निरेशलाल
काठमाडौं । दुवैको गलामा माला छ । कपालमाथि लागेको अबिरले कपाल रातो देखिएको छ । एउटाको शिरमा सयपत्री फूलको पत्र छ अर्कोको शिरमा कालो कपाल । दुवै दिनभरको घरदैलो कार्यक्रममा दौडादडमा छन् तर मुस्कुराउँदै, उनीहरुको मुस्कानका पछाडि जनताको माया झल्किरहेको थियो ।
लाग्थ्यो यो चुनावी घरदैलो होइन । मतपरिणाम आएपछिको विजय र्याली हो । यी उम्मेदवारहरु हुन्, काठमाडौं क्षेत्र नं ६ का सांसदका उम्मेदवार सर्वेन्द्र खनाल र क्षेत्र नं ६ (क) का उम्मेदवार निरेशलाल सिंह महर्जन ।
टोखा नगरपालिका वडा नं ९ को घरदैलोको सुरुवात विजयको कामना गदैं फुल माला पहिराएर गरे । वडा नं ९ एमालेको अत्याधिक मत रहेको वडा हो । एमालेको पकड वडा भएका कारणले पनि सर्वेन्द्रसँगै निरेशलालमा समेत छुट्टै खालको खुसीभाव अनुहारमा देखिन्थ्यो । उनीहरु निश्चिन्त थिए । दुवैले सांसद भएपछि क्षेत्रको विकासका लागि योजना प्रस्तुत गरेका थिए । त्यसैले पनि ठूलो संख्यामा माया पाएर उनीहरु चुनावी अभियानमा मन्त्रमुग्ध मुद्रामा अघि बढिरहेका थिए ।
सर्वेन्द्र खनालको चुनावी क्षेत्र भएकाले देशभरै यस क्षेत्रको चुनावी गतिबिधि सबैलाई चासो हुने गरेको छ । जनप्रेमी तथा विकासप्रेमी यूवाहरु बिच राम्रो छवि बनाएका निरेशलाल सँग संघका उम्मेदवार खनालको ट्युनिङ मिलेको घरदैलोको क्रममा सुन्न पाइन्थियो । हरेक घरदैलोदेखि सानासाना सभा एवम् भेटघाटमा पनि दुवैजना सँगै पुगेका हुन्छन् भने उनीहरू बोल्दा एकअर्कालाई तारिफ एवम् सरहना गर्ने गर्छन् ।
पछिल्लो समय दुवै सँगै चुनावी प्रचारमा गंगाबुको गल्लीगल्ली पुग्दा गंगाबुवासीहरूले पनि उनीहरूको जोडीको प्रसंशा गर्ने गरेका छन् । निरेशलालसँगै उनका पार्टीका नेता कार्यकर्ता घरदैलोमा पुग्दा चार मतपत्र चार सुर्यमा छाप भनेर मत माग्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #घरदैलोमा खुसी देखिएका सर्वेन्द र निरेशलाल, #निरेशलाल सिंह महर्जन, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्