विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक: सञ्चार मन्त्री कार्की
सुनसरी । सञ्चार तथा सूचना प्रविधि एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा रहेका पिछडा वर्गको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता र विकासको गतिलाई तीव्र रूपले अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।
सुनसरी–४ मा लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले विकास बिनाको राजनीति खोक्रो नारा मात्रै हुने उल्लेख गर्नुभयो ।
शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की, #विकासको गति तीव्र रुपमा अगाडि बढाउन आवश्यक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्