माओवादी टोखाका मेयरका उम्मेदवार एमालेमा प्रवेश, ईश्वर पोखरेलको जित झन् सहज
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठ आज एमालेमा प्रवेश गरेपछि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित झनै सहज बन्ने भएको छ ।
माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत रहेका श्रेष्ठ २८ जना कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । उहाँहरुलाई सोमबार एक कार्यक्रमका बीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल, निर्वाचत परिचालन कमिटीकी संयोजक शान्ति अधिकारी, प्रदेश सभाका उम्मेदवार दीपक निरौला लगायतले पार्टीमा स्वागत गरे ।
काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताए । उनले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गरेका थिए।
कार्यक्रममा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरुलाई उचित जिम्मेवारी दिने बताए । एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै उनले देशलाई माया गर्नेहरुलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने पोखरेलको धारणा रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ५ मा दैनिक जसो विभिन्न पार्टीबाट प्रवेशको लहर छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडा मध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरु जितेको छ ।
गठबन्धनभित्रको किचलोका कारण यस क्षेत्रमा एमालेमा प्रवेश गर्नेहरु दिनहुँ बढिरहेको छ । गठबन्धनले भूगोल भन्दा बाहिरबाट उम्मेदवार बनाएको छ भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल यसै क्षेत्रमा भिजेको हेभीवेट नेता हुन् ।
माओवादीबाट एमाले प्रवेश गर्नेहरूको सूची-
१. शेखर श्रेष्ठ
२. कृष्ण विक
३. सुरेन्द्र श्रेष्ठ (सचिव)
४. चेतबहादुर थापा
५. गंगालाल श्रेष्ठ
६. विनोद गौतम (वडा सदस्य उम्मेदवार)
७. नेत्रमान श्रेष्ठ
८. प्रकाश भण्डारी (वडा सदस्य उम्मेदवार)
९. रोनित भण्डारी (वडा सदस्य उम्मेदवार)
१०. सुनिता विष्ट (विक) (दलित महिला सदस्य उम्मेदवार)
११. ज्ञानबहादुर श्रेष्ठ
१२. अभिषेक श्रेष्ठ
१३. विशाल कार्की
१४. विमल मगर
१५ सोमराज गुरुङ
१६. रुजल श्रेष्ठ
१७. विकास थापामगर
१८. भुषण गुरुङ
१९. दीपेश श्रेष्ठ
२०. दिनेश मगर
२१. रुपेश महर्जन
२२. रुपेशबहादुर चन्द
२३. सिता भण्डारी
२४. शर्मिला थापा
२५. प्रवीण श्रेष्ठ
२६. सुरेश लावट (टोखा वडा नम्बर २ सहसचिव)
२७. प्रजन श्रेष्ठ (वाईसीएल वडा सदस्य)
२८. प्रवीण श्रेष्ठ (वाईसीएल वडा सदस्य)
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #माओवादी टोखाका मेयरका उम्मेदवार एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्