चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आज चितवन आउँदै
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन आउँदै छन् ।
एमाले चितवनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन आउँन लागेका हुन् ।
भरतपुरको गेस्ट हाउस चौरमा हुने चुनावी आमसभालाई अध्यक्ष ओली र उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । भरतपुरको बसपार्क चोक, मालपोत चोक र चौविसकोठी तीन स्थानबाट र्यालीसहित कार्यक्रम स्थलमा निस्कने बताइएको छ ।
अध्यक्ष ओली बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्