नेप्से सूचकमा दोहोरो अंकको गिरावट
साताको अन्तिम कारोबार दिन नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार बढेर १९३६ विन्दुमा उक्लिएको नेप्से सूचकमा बिहीबार १६ अंकको गिरावट आएको हो ।
नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ ।
आज जीवन बीमा समूह र निर्जीवन बीमा समूहको उपसूचक बाहेक अन्य सबै उपसूचकहरु ऋणात्मक भएका छन् । सबैभन्दा बढी आज हाइड्रोपावर समूहको उपसूचक १.३७ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.२१ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.१९ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक १.२२ प्रतिशतले घटेको छ ।
आज युनिलिभर नेपाल लिमिटेडका सेयर धनीहरुले ६.५६ प्रतिशतले कमाएका छन् भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले ४.९४ प्रतिशतले गुमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से सूचकमा दोहोरो अंकको गिरावट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्