सञ्चारकर्मी जीवन शर्मा सम्मानित
काठमाडौ । निगरानी दैनिक मिडियाको प्रधान सम्पादक जीवन खनाल (शर्मा ) सम्मानित भएका छन् । शनिबार राष्ट्रिय नाचघरमा तिलक फिल्मस प्रालिको छैटौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको बिशेष समारोहमा प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले र मधेशी आयोगका अध्यक्ष डा. बिजय कुमार दत्तले भव्य समारोहका बीच शर्मालाई सम्मान गर्नु भएको हो।
सम्मानित भए पछि सञ्चारकर्मी शर्माले खुसि ब्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा तिलक फिल्मस प्रालिका अध्यक्ष दिपक जोशीलाई धन्यबाद दिदै पत्रकारीता यात्रालाई उचाई तर्फ बढाउन यो सम्मानले प्रेरणा मिलेको बताउनुभयो। शर्माले संचारक क्षेत्र, मिडियाको शैक्षिक विकासका साथै विपत्तिमा परेका नेपालीको उद्धार गर्ने जस्ता सामाजिक सेवा क्षेत्रमा योगदान पुर्याएकोले सो योगदानको कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सञ्चारकर्मी जीवन शर्मा सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्