सुकुम्बासी बस्ती तत्काल हटाउन मिल्दैन: प्रकाशमान सिंह
काठमाडौं ।आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशमान सिंहले सुकुमबासी बस्तीमा तत्काल डोजर चलाउन नहुने बताएका छन्।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती करिडोर आसपासका सुकुमबासी बस्ती १० दिनभित्र खाली गर्न निर्देशन दिएपछि उम्मेदवार सिंहको यस्तो भनाइ आएको हो। चुनावी प्रचारप्रसारका क्रममा उनी आइतबार बिहान थापाथलीस्थित सुकुमबासी बस्ती पुगेका थिए।
‘बसोवासलाई उठाउने काममा सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुपर्यो। होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने, त्यस्तो गर्न मिल्दैन। समस्याको स्थायी समाधान गर्नका लागि नीति, कार्यक्रम बनाएर गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरूको बसोवासलाई व्यवस्थित रूपमा सरकार र तपाईंहरूलाई पनि सहज हुने गरी गर्नका लागि हामी त्यसमा जोड दिन्छौँ।’
पूर्वमन्त्रीसमेत रहेका सिंहले सुकुमबासीहरूको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेको र त्यसको प्रतिवेदन आएपछि बस्ती व्यवस्थापनका लागि नीति तथा कार्यक्रम ल्याउने बताए।
‘अमानवीय दृष्टिकोणबाट कसैले पनि जबर्जस्ती गर्न मिल्दैन। भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरूलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ त्यो कार्यक्रमलाई लागू गराउन म त्यसमा लाग्नेछु,’ उम्मेदवार सिंहले भने।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्