प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा
काठमाडौं, कात्तिक २७ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ ।
तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको हो । साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराउनु भएको हो ।
प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको यो जग्गा हडप्नु भएको हो । २०४५ सालतिर नै यो सडक बनिसकेको थियो । तर, सडकको आसपासको जग्गा करोडौं पर्ने लोभले उनीहरुले सडक र वरपरको जग्गा २०५२ सालमा सुकुम्बासी आयोगबाट आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार प्रदीपका बाबु शिक्षक थिए । उनीहरु सुकुम्बासी होइनन् । तर, काँग्रेसका नेता गौली सुकुम्बासी आयोगको अध्यक्ष भएका बेला उनीहरुले सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् ।
प्रदीप र उहाँका बाबु यस्तै बदमासीका कारण तनहुँमा बदनाम बन्नुभएको छ । प्रदीप २०७४ सालको निर्वाचनमा माओवादीकी आशा कोइरालासँग प्रदेश सभामा पराजित हुनुभएको थियो । २०७९ सालमा पनि प्रदीप चुनाव लड्न चाहन्थे । तर, प्रदीपको छवि तनहुँमा राम्रो नभएका कारण काँग्रेसले तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ । जबकी शंकर तनहुँ क्षेत्र नम्बर १ का नेता हुन् । तनहुँमा टिकट नै नपाएपछि प्रदीप यतिबेला काठमाडौं क्षेत्र नम्बर ५ मा आइपुग्नु भएको छ ।
काँग्रेसका प्रभावशाली डा। प्रकाशशरण महत समेत चुनाव लड्न डराएर समानुपातिकमा बसेका बेला प्रदीपका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव जित्ने कुनै सम्भावना नै नभएको बताइन्छ । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रदीपले बनाएको घरको बारेमा समेत प्रश्न उठेको छ । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र कुनै रोजगारी पनि नगरेका प्रदीपले काठमाडौंमा बनाएको घर र सम्पत्तिका बारेमा स्वयम् तनहुँका निवर्तमान श्रममन्त्री एवं तनहुँका नेता किसान श्रेष्ठले पत्रकार सम्मेलनले नै गरेर प्रश्न उठाउनु भएको थियो ।
प्रदीपले चर्चा चर्का चुनावी नारा लगाए पनि उहाँको विगत त्यति राम्रो छैन् । मानव तस्करीमा रहेका कास्कीका एक जना व्यक्तिको मुख्य सहयोगी भएका कारण प्रदीपलाई २० घण्टा थुनामा राखेर जापानको अध्यागमनले २०७४ असोज १ गते प्रदीपलाई नेपाल डिपोर्ट गरिदिएको थियो ।
प्रदीप पौडेलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई अंगभंग हुने गरी कुटपिट समेत भएको थियो । प्रदीप उम्मेदवार भएपछि चलाउनेले ट्वीट गर्दै गुण्डाको संरक्षण, अपराधको राजनीतिकरण गर्नमा माहिर प्रदीप पौडेलले सदाचारको पाठ कसरी पढाउन सकेको भनेर प्रश्न उठाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्