पहिलोपटक मतदान केन्द्र अपाङ्गमैत्री
काठमाडौँ । निर्वाचन आयोगले देशभर रहेका २२ हजार भन्दा बढी मतदान केन्द्रमध्ये एक सय मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउने भएको छ । मतदान केन्द्र बनाउँदा अपाङ्गता भएका व्यक्तिलाई सजिलैसँग आवतजावत गर्न, मतसङ्केत गर्न र मत खसाल्न मिल्ने गरी बनाउन निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन दिएको छ ।
आयोगका अनुसार मतदान केन्द्रमा साङ्केतिक भाषा सूची पनि राखिनेछ भने मतदान स्थलमा प्रवेश गर्ने ठाउँबाटै रङ्गीचङ्गी डोरी तथा पोल राखिनेछ । त्यसैगरी ती मतदान केन्द्रहरूमा र्याम्प निर्माण गरी ह्विलचियर प्रवेश गर्न सहज बनाइने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनुभयो ।
मतदान केन्द्रमा, अपाङ्गता भएका व्यक्तिका लागि आराम गर्न टेबुल तथा कुर्सीको व्यवस्था पनि गरिनेछ । मतदान गर्न जाँदा सहयोगी चाहिए त्यसको पनि व्यवस्था गरिनेछ । विगतका निर्वाचनहरूमा अपाङ्गता भएका मतदाताहरूले मतदान स्थलसम्म पुगेर मत खसाल्न कठिनाइ भोग्दै आएका थिए । निर्वाचन आयोगले पहिलो पटक पाइलट प्रोजेक्टका रुपमा एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाएको हो ।
राष्ट्रिय अपाङ्ग महिला महासङ्घकी अध्यक्ष निर्मला धिताल आयोगले अपाङ्गता भएका मतदातालाई लक्षित गरी गरेको यो कदम राम्रो भएको र अवका निर्वाचनहरूमा सबै मतदान केन्द्रलाई नै अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
२०६८ को जनगणना अनुसार ५ लाख १३ हजार ९ सय १३ अपाङ्गता भएकाहरू छन् । त्यतिखेरका बालबालिकासमेत अहिले अधिकांश मतदाता भइसकेका छन् । मतदाता नामावलीमा नाम समावेश भएका कोही पनि मतदाता मतदानको अधिकारबाट वञ्चित हुनुहुँदैन भनेर आयोगले गरेको यो निर्णयलाई सकारात्मक छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #पहिलोपटक मतदान केन्द्र अपाङ्गमैत्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्