Techie IT
आईतबार, असोज ४,२०८३

‘सुदूरपश्चिमका राष्ट्रिय योजनाहरू अगाडि बढाउँछौँ, नेपाली भूमि फिर्ता ल्याउँछौँ: केपी ओली


डोटी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि मात्रै भएको बताएका छन् ।

नेकपा (एमाले) जिल्ला कमिटी डोटीले आज दीपायलमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियताप्रति कुनै चिन्ता र चासो नराख्ने गठबन्धनबाट देशको सवल भविष्यको कल्पना गर्न नसकिने बताएका हुन् ।

‘विभिन्न दलबीच जुन गठबन्धन भएको छ, त्यो देशको विकास, समृद्धिका लागि होइन, राष्ट्रियताप्रति चिन्ता र चासो छैन, केबल जनतालाई झूठो आश्वासन दिएर चुनाव जित्ने र पछि भागबण्डा गरेर खाने एउटामात्र उद्देश्य हो,’ ओलीले भने ।

मंसिर ४ पछि नेकपा (एमाले) को नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरू पश्चिम सेती, खुटीया–दीपायल फास्ट ट्रयाक, सहजपुर–बोगटान राजमार्गलाई पूर्णता दिने, नेपालको नक्शामा कायम गरिएको लिपुलेक लिम्पियाधुराको भूमि फिर्ता ल्याउने दृढता व्यक्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्