मंसिर ४ पछि एमालेको सरकार बन्छ : केपी शर्मा ओली
झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको सरकार बन्ने बताउनु भएको छ ।
नेकपा एमाले झापा क्षेत्र नम्बर(४ ले बिहीबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ पछि एमालेकै सरकार बन्नुपर्छ भनेर जनताले नै भनिरहेका बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले म आउँदै गर्दा पनि यहाँहरुले नारा लगाउनुभएको थियो( मंसिर ४ एमाले सरकार, मंसिर ४ पछि एमालेले सरकार बनाउँछ, बनाउनैपर्छ, किन एमालेको सरकार बनाउनुपर्छ हामीले त्यसको पुष्टि गरिसकेका छौं ।’
आधुनिक नेपाल निर्माणको अगुवाइ गर्ने पार्टी एमाले मात्रै भएको अध्यक्ष ओलीले बताउनुभयो । देशमा देखाउन लायक सबै काम एमालेले गरेको उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकलाई भत्ता सुरु गर्ने एमाले भएको बताउँदै उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक सधैं देशमा थिए तर कुनै सरकारले सम्झिएको थिएन, एमालेले सम्झियो, महिनाको एक सयबाट सम्झिएको थियो आज दिनको १३३ भन्दा बढी ज्येष्ठ नागरिक भत्ता दिने गरेको छ, महिनाको ४ हजार पुर्याएको छ, अपांगता भएकालाई पनि एमालेले भत्ता दिएको छ ।’
सडक बालबालिकाको व्यवस्थापन, सडकमा पुगेका मानिसको व्यवस्थापन, भिख मग्गारहित देश बनाउने, दुर्गममा हेलिकोप्टर पठाएर गर्भवति र सुत्केरीको उद्दारको काम एमालेले गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
तुइन विस्थापन, पेट्रोलियम पाइपलाइन, रेल सञ्चालनदेखि नेपाललाई सुरुङमार्गको युगमा प्रवेश गराउने काम एमालेले गरेको अध्यक्ष ओलीले स्मरण गराउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्