गोरखामा ६ पदका लागि ५० जनाको प्रतिस्पर्धा
गोरखा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गोरखाका दुई वटा निर्वाचन क्षेत्रका ६ पदका लागि ५० जना प्रतिस्पर्धामा रहनुभएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उत्तर बहादुर खडका जनसमाजवादी पार्टी, उदय प्रसाद भट्ट राष्ट्रिय प्रजातन्त्र पार्टी, देव बहादुर थापा मङ्गोल अर्गनाइजेशन पार्टी, बि.पी पुडासैनी स्वतन्त्र, मिन कुमार श्रेष्ठ नेपाल सुशासन पार्टी, राजेन्द्र बजगाईँ नेपाली काँग्रेस, रामशरण बस्नेत नेकपा एमाले, रुपेश राना जनता समाजवादी पार्टी, तारा बहादुर देवकोटा नेपाल मजदुर किसान पार्टी, सुवर्ण रोकाया राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहनुभएको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) मा कृष्ण प्रसाद धिताल नेकपा माओवादी केन्द्र, गंगा बहादुर राना मङ्गोल अर्गनाइजेशन पार्टी, रामशरण आचार्य स्वतन्त्र, विष्णु बहादुर कुँवर नेश्नालिष्ट पार्टी, सुदिप ढकाल राप्रपा, सुरेन्द्र थापा नेकपा एमाले, हरिराम अर्याल राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन क्षेत्र १ (ख) मा डाक बहादुर पराजुली स्वतन्त्र, नन्द प्रसाद न्यौपाने नेपाली काँग्रेस, मोहन प्रसाद भट्टराई नेकपा एमाले, रामचन्द्र कुमाल नेश्नालिष्ट पिपुल्स पार्टी, राम बहादुर लामा मङ्गोल अर्गनाइजेशन पार्टी, सरिता देवकोटा राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल र सोमनाथ अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका प्रल्हाद लामिछाने, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, मङ्गोल अर्गनाइजेशन पार्टीका सोम बहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी मालेका नारायण बाबु आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका शुसिल पन्त, हाम्रो नेपाल पार्टीका प्रकाश थापा, गणेश देवकोटा स्वतन्त्र, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, नेकपा एमालेका अब्दुस सलाम मिया, नेपाली काँग्रेस ९बिपी० का टिकादत्त पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट कुल बहादुर बस्नेत, विनोद कुमार गुरुङ स्वतन्त्र रहनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ ९क० मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका सुबोध बस्न्यात, नेपाल मजदुर किसान पार्टीका बेल बहादुर बस्नेत, नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा, हाम्रो नेपाल पार्टीका सरोज गिरी, विल बहादुर तामाङ स्वतन्त्र, नेकपा एमालेका राजु राना, मङ्गोल अर्गनाइजेशन पार्टीका बिपीका बराम गुरुङ रहनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ ९ख० मा हरि पोखरेल स्वतन्त्र, नेकपा एमालेका बसन्त कुमार गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी ठाकुर प्रसाद लामिछाने, नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट सफिदिन मिया, राम बहादुर घले मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट उम्मेदवार रहनुभएको छ ।
निर्वाचन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरू निर्वाचन क्षेत्रको प्रचारमा रहनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखामा ६ पदका लागि ५० जनाको प्रतिस्पर्धा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्